शनिबार, ०८ नोभेम्बर २०२५

सुनसरी दुर्घटनाका मृतक र घाइतेको विवरण सार्वजनिक (नामावलीसहित)

News Image
• • •

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित फूलचोकमा सोमबार बिहान प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस र मे१ख १७९९ नम्बरको बस ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मृत्यु हुने सबै माइक्रोबसमा सवार थिए। गम्भीर घाइतेमध्ये केहीको उपचारका क्रममा ज्यान गएको हो।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा सप्तरीको मधावे गाउँपालिका–६ का ३५ वर्षीय शंकर मण्डल, सुनसरी कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा, विराटनगरका अशोक यादव र करिब ४५ वर्षीया एक महिला रहेका छन्। महिलाको पहिचान खुल्न बाँकी छ।

घाइतेहरूको विवरणः

मोरङ सुन्दरहरैंचा–९ की अम्बिका राई, 
खोटाङ रावाबेसी गाउँपालिका–२ की निरुता परियार र ३८ वर्षीया निर्मल परियार, 
सप्तरी मन्धेव गाउँपालिका–६ का रवीन्द्र प्रसाद मण्डल, 
उदयपुर चौदण्डिगढी नगरपालिका–५ की ५० वर्षीया रेनुका श्रेष्ठ, 
झापा शिबसतासी नगरपालिका–५ का ३८ वर्षीय खगेन्द्र थापा, 
झापा भद्रपुर नगरपालिका–९ का ५३ वर्षीय सन्तोष खत्री, 
उदयपुर बेलका नगरपालिका–१ का २० वर्षीय दीपक विश्वकर्मा, 
इलाम चुलाचुली–३ का ३६ वर्षीय सविन राई, सप्तरी धिकुति गाउँपालिका–६ का रवीन्द्र मेहता, 
गोइठी गाउँपालिका–३ का ६८ वर्षीय जीवछ महात्मा, 
खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१० का ८४ वर्षीय नेत्रलाल गिरी र उनका छोरा ३९ वर्षीय केदार गिरी
झापा अर्जुनधारा नगरपालिका–१ साजनटारका २० वर्षीय सत्य राई, 
सप्तरी राजविराज नगरपालिका–६ का १० वर्षीय रुद्र राय, 
विराटनगर महानगरपालिका–१० की ४८ वर्षीया शोभा यादव, 
सप्तरी राजविराज–१२ का ४४ वर्षीय प्रमोद रजक, 
तिलाठी गाउँपालिका–५ का २२ वर्षीय रवि राय
राजविराज–२ का २४ वर्षीय भोला यादव
राजविराज तेतरीगाछीका ३५ वर्षीय प्रदीप यादव, 
कोशी गाउँपालिका–६ श्रीपुरका ६० वर्षीय जोगिन्द्र दास 
डाक्नेश्वरी नगरपालिका–३ की ३० वर्षीया अमृता राय

घाइतेहरूको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, जिल्ला अस्पताल इनरुवा, गोल्डेन अस्पताल विराटनगर र विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।

माइक्रोबसका सहचालक सन्तोष बास्तोला  विराट नर्सिङ होममा उपचाररत  छन्।

दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!