शुक्रबार, १४ अगस्ट २०२६

रवि लामिछाने र जिबी राईविरुद्ध सहकारी विभागमा उजुरी

File Photo
• • •

गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी तथा तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेकाे छ।

सहकारी ठगी प्रकरणमा राई र लामिछानेमाथि आवश्यक छानबिन र कारबाहीको माग गर्दै युवराज सफलले विभागमा उजुरी दर्ता गराएका हुन्।

सफलले भनेका छन्, ‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!