शनिबार, ०८ अगस्ट २०२६

ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

News Image
• • •

धादिङको खनियाबास गाउँपालिका–५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

बा ५ ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका–५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। 

दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिका–५ मा दुर्घटना भएको हो। ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ। दुर्घटना परी स्थानीय धनबहादुर तामाङ, मरुमाया तामाङ र शर्मिला तामाङ घाइते भएका छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!