आइतबार, १५ नोभेम्बर २०२६

राष्ट्रपति र प्रधानसेनापतिबिच भेटवार्ता

News Image
फाइल तस्बिर
• • •

बिहीबार साँझ प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

शितल निवास जलेपछि सेनाको सुरक्षामा रहेका राष्ट्रपतिसँग प्रधान सेनापतिले भेटवार्ता गरेका जंगीअड्डा स्रोतले बतायो। सिग्देल पौडेललाई भेट्न उनी बस्दै आएको स्थानमा पुगेका थिए।

राष्ट्रपतिसँगको भेटमा प्रधान सेनापतिले पछिल्लो विकसित घटनाक्रम र जेन-जीसँगको वार्ता र उपलब्धिबारे ब्रिफिङ गरेका थिए।

राष्ट्रपति पौडेलले आजै एक विज्ञप्ति जारी गर्दै देशमा देखिएको वर्तमान विषम परिस्थितिबाट मुलुकलाई संवैधानिक दायराभित्र रही निकास दिन प्रयासरत रहेको बताएका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!