शनिबार, ०८ अगस्ट २०२६

दुई करोड रूपैयाँसहित क्षेत्रपाटीबाट ३ जना पक्राउ, कारोबारी भएकाे आशंका

File Photo
• • •

क्षेत्रपाटीबाट दुई करोडभन्दा बढी रकमसहित तीन जना पक्राउ परेका छन्।

राजश्व अनुसन्धान विभागले गएराति नरेश अग्रवालसहित तीन जनालाई पक्राउ गरेको हो।

गएराति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर नगदसहित उनीहरूलाई पक्राउ गरिएकाे विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए।

विभागका अनुसार अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सीका कारोबारी हुनसक्ने आशंका गरिएकाे छ। ढुंगानाले उनको संलग्नताबारे अनुसन्धानबाट थप पुष्टि हुने बताए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!