बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी पुस्ताका प्रतिनिधिहरूसँग आज छलफल गर्ने भएका छन्। छलफलका लागि उनले शनिबार बिहान नौ बजे शीतल निवासमा उनीहरूलाई बोलाएका छन्।
छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनेछन्। त्यहाँ मुख्यगरी आगामी चुनाव र जेनजीका आन्दोलनका मागहरूबारे छलफल हुने बताइएको छ।
शुक्रबारमात्रै राष्ट्रपति पौडेलले प्रधानमन्त्रीलाई सँगै राखेर सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन र त्यसलाई सफल बनाउन आग्रह गरेका थिए।
गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव घोषणा गरेको छ। तर केही मुख्य राजनीतिक दलहरू नै चुनावबारे अनिर्णित भइरहेका बेला राष्ट्रपति पौडेल समन्वयका लागि अघि सरेका हुन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया