बिएल संवाददाता
शुक्रबार राति कैलालीको सुखडस्थिति इलाका प्रहरी चौकीको गेटमा एक व्यक्तिको ‘टाउको’ उचालेर दुई युवक उभिएको देखेपछि प्रहरी आफै झस्किए। उनीहरूले सँगै बसेर मदिरा सेवन गरिरहेका साथीको घाँटी चुँडाएर आफै प्रहरी चौकी पुगेका थिए।
प्रहरीले उनीहरूलाई तत्कालै नियन्त्रणमा लियो र घटनास्थल पुग्यो। शरीर भने त्यहिँ थियो।
घटना कैलालीको घोडाघोडी नगरपालिका-८ को हो। ती दुई युवा घोडाघोडी नगरपालिकाकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री थिए। र उनीहरू छिनाएर लगेको त्यो टाउको सुर्खेतका २८ वर्षी केशरसिंह बुढाको हो।
स्थानीय खाजा पसलमा बसेर सँगै मदिरा सेवन गरिरहेका उनीहरूबीच केही कुरामा विवाद भएको थियो। विवादपछि उनीहरूले केशरसिंहमाथि धारिलो हतियारले आक्रमण गरे। त्यसपछि टाउको छिनाएर शरीर त्यहिँ छोडिदिए र टाउको लिएर आफै प्रहरीकहाँ ‘आत्मसमर्पण’ गर्न पुगे।
इलाका प्रहरी कार्यालयका प्रमुख रमेशदत्त अवस्थीका अनुसार हत्या गरिएका बुढा सुर्खेत चौकुने गाउँपालिकाका हुन्। उनको परिवारलाई प्रहरीले खबर गरिसकेको छ। र परिवारका सदस्यहरू पुगेपछिमात्रै बुढाको शव उठाइनेछ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया