शुक्रबार, १४ नोभेम्बर २०२५

बारामा माटोको ढिस्कोमा पुरिएर दुईकाे मृत्यु, ६ जना घाइते

फाइल तस्बिर
• • •

बारामा माटोको ढिस्कोमा पुरिएर २ जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन्। 

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका-६ की ७० वर्षीया सारदा देवी महतो र वडानम्बर ५ बस्ने  १५ वर्षीय सुनिल महतो रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइते हुनेहरूमा वडानम्बर ६ का १४ वर्षीय साजन महतो,  १८ वर्षीय गौतम मुखिया, वडानम्बर ५ का १५ वर्षीय नितेश महतो, १४ वर्षीया रानीकुमारी महतो र सुशीला कुमारी र १५ वर्षीय राजाबाबु शर्मा रहेका छन्।

आज बिहान तिहारमा घर लिपोतको लागि माटो खन्ने क्रममा माटोको ढिस्कोमा ८ जना परेका थिए।  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!