बिएल संवाददाता
नेकपा (एमाले) की केन्द्रीय सदस्य ईश्वरी जीएमले पार्टी पुनर्गठन, नेतृत्व शैली, युवा प्रतिनिधित्व र पछिल्ला राजनीतिक घटनाक्रमबारे ठोस र आत्मआलोचनात्मक धारणा प्रस्तुत गरेकी छन्।
जीएमले विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाबारे सडक आन्दोलनभन्दा संवाद र कानुनी प्रक्रियामार्फत समाधान खोज्न सुझाव दिएकी छन्।
‘सडक आन्दोलन होइन, कानुनी र राजनीतिक संवादमार्फत निकास खोजौँ। त्यससँगै निर्वाचनको तयारी गर्दै जनतालाई उत्साहित पार्ने कार्यक्रम तय गरौँ,’ उनले भनिन्।
उनले आसन्न एघारौँ महाधिवेशनमा जेन–जी पुस्तासहित युवाको प्रतिनिधित्व सुनिश्चित गर्न प्रतिनिधि छनोटदेखि कमिटी गठनसम्मका मापदण्ड बनाउन माग गरिन्।
टीके संस्कृतिको अन्त्य गर्दै निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिइन्। ‘टीके प्रथाले पार्टी सुदृढ हुँदैन, झन् कमजोर हुन्छ,’ उनले भनिन्।
उनले पार्टी नेतृत्व वरिपरिका कथित सल्लाहकारहरूले गलत सूचना दिई भ्रम फैल्याउने प्रवृत्ति रोक्न चेतावनी दिइन्। ‘नेतृत्वले सबैसँग समान व्यवहार गर्न सकेमा मात्रै पार्टी बलियो हुन्छ,’ जीएमले भनिन्।
के भनिन् ईश्वरीले?
१. विघटित प्रतिनिधिसभा पुनर्स्थापना मुडभेट नहुने गरि सडक आन्दोलनभन्दा कानुनी र दलहरुबिचकाे राजनीतिक संबादबाट खाेजाैँ। निर्वाचनकाे पनि तयारी गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले निरास भएका जनता, कार्यकर्ता र पार्टी पंक्ति उत्साहित हुने जनपरिचालनका कार्यक्रम तय गराैँ।
२. पार्टीको आसन्न एघारौं महाधिवेशनमा जेन–जी पुस्तासहित युवाकाे प्रतिनिधित्वलाई सुनिश्चित गर्न प्रतिनिधि छनाैँटदेखि कमिटिमा समावेश हुने गरि मापदण्ड र निति तय गराैँ। साथै महाधिवेशनबाट नयाँ कमिटी चयन गर्ने अधिकार निर्वाचनका माध्यमबाट महाधिवेशन प्रतिनिधिलाई दिँदा उत्तम हुन्छ। टीके प्रथाले पार्टी पुनर्गठन र सुदृढीकरण हुन सक्दैन, झन कमजाेर हुन्छ भन्ने कुरा बुझाैँ। पछिल्लो समय नेकपा एमाले र नेताहरुप्रति आम नागरिकको बुझाई कस्तो छ भन्ने कुरा सामाजिक सञ्जालका कमेन्टहरू, सार्वजनिक स्थलमा गरिने टिप्पणीहरूलाई समेत मनन् गर्दै अघि बढ्न म अपिल गर्दछु।
३. भदौ २३ गतेकाे जेन जि आन्दोलनमा सरकारकाे फितलो सुरक्षा व्यवस्था र युवा बिद्यार्थीमाथि अन्धाधुन्ध गाेलि प्रहार दुःखदायी थियाे। २४ गतेकाे घटनामा लामाे तयारीसहितको सुनियोजित थियाे भन्ने कुरा अध्यक्षज्यूकाे प्रतिवेदनमै आएको देखिँदा प्रधानमन्त्री कार्यालयकै मातहतका सुरक्षा निकायहरुले किन राेक्न उदासीन भए? विचारणीय छ। यस सम्बन्धमा सुक्ष्म छानबिन हुन आवश्यक छ।
४. अध्यक्ष कमरेडसहित हामी सबैले अब हाम्राे पार्टीको वर्तमान अवस्थाबारेकाे सत्य र यथार्थतालाई स्विकार्दै अघि बढ्नु आवश्यक छ। जनताभन्दा माथि राजनीतिक दल हुन सक्दैन, दल जनताको उपज हाे। स्वयम् संविधान पनि जनताको विश्वास रहेसम्म रहने हाे। दल र हाम्रो पार्टी प्रति युवा समूह र आम जनता, कार्यकर्ताले विगतदेखि नै सुद्विकरणकाे माग गर्दै आएका हुन्। शुद्विकरण हुन नसक्दा अनियमितता र भ्रष्टाचार बढ्न गएकाले सुशासनको अवस्था ज्यादै कमजाेर देखा पर्न पुग्याे। हामिले विगतदेखि नै हाम्रा व्यक्तिगत र संस्थागत आचरणमा सुधार गर्न सकेनौं यसैकाे विस्फोट अहिलेकाे अवस्था हाे भन्ने कुरा हामीले स्विकार्नु पर्दछ। जनताले हामीलाई पटकपटक सत्ता र सरकारमा पुर्याएकै हुन् तर पनि हाम्रो नेतृत्वकाे ३ तहकै सरकारकाे नीति, कार्यक्रम र बजेटलाई जबजकाे मार्गदर्शनमा समाजवादकाे आधार तयार पार्ने खाले तर्फ केन्द्रित गर्दै पार्टीलाई बलियाे बनाउन सकेनौं भन्ने बास्तविकताकाे सामुहिक आत्मआलाेचना गर्दै जनता कार्यकर्तामा पुनः विश्वास प्राप्त गर्नेगरि अघि बढ्ने वातावरण बनाऔं ।
५. हाम्रो पार्टीमा समानुपातिक समावेशि शैली संविधानले कल्पना गरे विपरीत व्यापक दुरुपयाेग भयाे । पार्टी चलाउन जनता कार्यकर्ता चाहिने तर पद र अवसर जति आफन्त, नजिकका र पैसावाललाई दिने प्रवृत्ति राेकाैँ। समानुपातिक सांसद दाेहाेरिएर हुन नपाउने कुरा एकदम ठिक छ तर एउटा निर्वाचन क्षेत्रबाट एउटा व्यक्ति कति पटक प्रत्यक्ष निर्वाचन लड्न पाउने भन्ने कुराकाे पनि नीति बन्न जरुरी छ। निर्वाचन क्षेत्र एउटै व्यक्तिकाे पेवा जस्तै भए अर्को नेतृत्व जन्मिने अवसर कसरी मिल्छ?
६. कथित सल्लाहकारहरुले हाम्रो पार्टी नेतृत्वलाई सिमित घेराभित्र पार्ने प्रवृत्ति, यथार्थता भन्दा बेग्लै रिपोर्टिङ र गलत सुचना दिई भ्रम फैलाउने कारण पार्टीका ईमान्दार र देशभक्त कार्यकर्ताहरुकाे मनाेबल खस्किएको यथार्थतालाई स्विकार्दै नेतृत्वले सबैसँग समान व्यवहार गर्न सकेमा नै नेतृत्व प्रतिकाे विश्वास अभिवृद्वि भई पार्टी बलियो हुने कुरामा हेक्का राख्न सक्नुपर्ने हुन्छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया