बिहिबार, १३ नोभेम्बर २०२५

ठाकुर गैरेले पनि मागे ओलीको राजीनामा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेकपा (एमाले)का केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी रुपान्तरण गर्न अध्यक्ष केपी शर्मा ओलीले पदत्याग गर्नुपर्ने बताएका छन्।

ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा गैरेले ओलीले अब अध्यक्ष पद छाड्नुपर्ने बताएका हुन्।

उनले भने, ‘प्रस्तुत प्रस्ताव पूर्ण गरौँ, सबै कुरा ध्वस्त भएको छ। कम्युनिस्ट आन्दोलन कति बलियो हुन्छ, परिस्थितिको ठोस विश्लेषण गरेर निष्कर्ष निकालौँ। हामीले संविधान संशोधनको कुरा गरिरहेका थियौँ, हामीसँग ठोस निर्णय थिएन। वाम एकता गरेर निर्माण गरेको सरकार पनि ढल्यो र वाम-लोकतान्त्रिक सरकार पनि ढल्यो, यस्तो समयमा पार्टी रूपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रूपमा बुझ्नहुन्न। म यो बैठकलाई नेतृत्व हस्तान्तरण गरेर जाऔँ भन्ने अनुरोध गर्दछु।’

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!