Breaknlinks

गाउँमा छँदादेखि नै लोकभाका गुनगुनाउँदै जानीनजानी बाँसुरी फुक्न थालेका उनको बाँसुरी मोह देखेरै हुनुपर्छ उनका दाइ रेशम गुरुङले उनलाई काठमाडौँ ल्याए। गोर्खा आँपपीपलमा रहेको जनता माविबाट ५ कक्षा उत्तीर्ण...

क्यालिफोर्नियामा सैनिक विमान दुर्घटना

बुधबार दक्षिणी क्यालिफोर्नियामा सैनिक विमान भि–२२ ओस्प्रे दुर्घटनाग्रस्त भएको छ। विमान दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ स्थानीय सञ्चार माध्यमले जनाएको  छ। 

रामनवमीमा आज सार्वजनिक बिदा

गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ।

यस्तो छ आजको मौसम

प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

उपचार खर्च तिर्न नसक्दा बन्धक

काठमाडौंको दीर्घायु अस्पताल चावहिलमा फागुन १ गतेदेखि उनी बन्धक बनेका हुन्। उपचार खर्च तिर्न नसक्दा दाजुलाई अस्पतालले बन्धक बनाएको उनकी बहिनी निर्मला मगरले बताइन्। ‘२१४ नम्बरको बेडमा दाजु बन्धक हुनुहुन्छ,’ निर्मलाले भनिन्, ‘दाजुलाई उकास्न नसक्दा दिनप्रतिदिन अस्पतालले बिल बढाइरहेको छ।’ उपचार खर्चमध्ये ४० प्रतिशत रकम भुक्तानी गरिएको निर्मलाको भनाइ छ।

ट्राफिकको बेवास्ताका कारण मृत्युको घटना !

ट्राफिक प्रहरीको चरम लापरबाहीका कारण झापाको गौरादहमा दुर्घटनामा परी एकजना कामदारको मृत्यु भएको छ।

कोशीमा प्रदेशसभाको विशेष अधिवेशन आव्हान

प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरेअनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन्।

कोशीमा एमाले-माओवादीले थाले सरकार गठनको तयारी

एमाले र माओवादीसहितका दलले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिएका हुन्।

फाइल तस्बिर
निर्माणको क्रममा ढलेको बाईटार–चिपटार पुलको ‘टावर’ ठड्याइयो

निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ। पुलको उदयपुरतर्फको निर्माणाधीन टावर २०७९ चैत १० गते ढलेको थियो।

काेशीमा तीन महिनामा ४८८ आगलागीका घटना, १२ जनाको मृत्यु

सुक्खा याम सुरु भएसँगै आगलागीका घटना बढेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको जनाएको छ।

पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति

मोरङको पथरी शनिश्चरे वडा नं. १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा रु. एक करोड ५० लाखको क्षति भएको छ।

विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ। मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताएका छन।

हेटौँडाको गुन्द्रुकलाई सरकारी गुणस्तरको मान्यता

हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ। हेटौँडा– १२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघुउद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएको हो।

फाइल तस्बिर
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने

बागमती प्रदेशसभाको बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्ने भएको छ। प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन्। 

एघार लाख भेडाबाख्रामा पिपीआरविरुद्धको खोप

बागमती प्रदेश सरकारद्वारा बागमती प्रदेशको १३ जिल्लामा ११ लाख ४२ हजार तीन सय २७ भेडाबाख्रालाई पिपीआरविरुद्धको खोप लगाइएको छ।

फाइल तस्विर
बागमती प्रदेशका ६ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

बागमती प्रदेश सरकारका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन्।

अर्बुद भएका पचास प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर

नेपालमा बर्सेनि २५ हजार नयाँ अर्बुद रोगी थपिने गरेकामा तीमध्ये एक हजार पाँच सय बालबालिका रहने गरेका छन्। कार्यक्रममा बिपी कोइराला मेमोरियल अर्बुद अस्तपालका कार्यकारी निर्देशक डा शिव पौडेल, उपनिर्देशक डा उमेश नेपाल, अभिभावक तथा बिरामीहरुको उपस्थिति रहेको थियो।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले गण्डकीमा मुख्यमन्त्री नियुक्तिको विषयमा कारण देखाउ आदेश जारी गर्दै दीर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। साथै इजलासले यस रिटको पूर्णसुन...

लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व

लुम्बिनी प्रदेश सभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ।  प्रदेश सभामा ६ वटा विषयगत समिति र एक विशेषाधिकार समितिको मंगलबार सर्वसम्मत नेतृत्व चयन भएको हो। प्रदेश सभा सचिवालयले जारी गरेको निर्वाचन कार्य तालिकाअनुसार आज ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेअनुसार सात वटै समितिमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो। 

सांकेतिक तस्बिर
दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

फाइल तस्विर
लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत लिँदै, नाउपा, जसपा र समाजवादीलाई फकाउनै बाँकी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज (शुक्रबार) विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिन आज अपरान्ह १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।

दाङमा बसकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

दाङमा बसकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

फाइल तस्विर
मुख्यमन्त्री महराकाे सपथ आज

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को नयाँ समीकरण निर्माण भएसँगै मुख्यमन्त्री नियुक्त भएका नेकपा माओवादी लुम्बिनी प्रदेश संसदीय दलका नेता महराले मुख्यमन्त्रीको सपथ लिन लागेका हुन्।

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

फाइल तस्विर
कर्णालीमा एमालेका कँडेल मुख्यमन्त्रीमा नियुक्त

कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

फाइल तस्विर
कर्णालीमा एमालेका कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस

नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरिएको हो।

कर्णालीकाे मुख्यमन्त्रीका लागि दाबी पेस गर्दै एमालेका कँडेल

कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिने भएपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुन लागेको हो।

फाइल तस्विर
नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

जुम्ला जिल्लाको  डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्।

थपिए ७६ जना काेराेना संक्रमित 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो।

Symbolic photo
बाँकेमा कोराेनाका कारण एकको मृत्यु

राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जाानकारी दिए।

Symbolic photo
कोरोनाबाट थप एकको मृत्यु, १०६ जना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक गरेको कोरोना विवरणअनुसार थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ हजार २६ पुगेको छ।

Symbolic photo
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, १२१ जना संक्रमित

मङ्गलबार चैत २८ गते पनि एक जनाको मृत्यु भएको थियो। यस्तै आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ। यस्तै कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्किएका छन्।

सांकेतिक तस्बिर
एकै दिन १७ जनामा कोरोना सङ्क्रमण देखियो

नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ। शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो।