तेस्रो छोरीका बुवा बनेका वार्नर इंग्ल्यान्डमै

Agency

अस्ट्रेलियाका बिस्फोटक प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर तेस्रो बच्चाको बुवा बनेका छन्। उनको श्रीमति केन्डिस वार्नरले आइतबार अस्ट्रेलियामा छोरीलाई जन्म दिइन्। अस्ट्रेलिया विश्व कपको सेमिफाइनलमा प्रवेश गरिसकेको छ। त्यसैले वार्नर आफ्नो बच्चा हेर्न तत्कालै अस्ट्रेलिया फर्किने छैनन्। उनले टिमसँगै बस्ने निर्णय गरेका छन्।

वार्नरले जारी विश्व कपको आठ खेलमा ५ सय १६ रन बनाएका छन्। वार्नरले सोमबार इन्स्टाग्राममा छोरी इस्ला रोजको जन्म भएको खुसीको खबर सुनाएका थिए।

पोस्टमा उनले भनेका छन्, ‘हाम्रो परिवारमा नयाँ सदस्यको आगमन भएको छ। आइतबार राती १०ः३० बजे हामीले इस्ला रोज वार्नरलाई स्वागत गरेका छौं।’

उनले बुवा बन्दा आफू निकै खुसी भएको बताएका छन् र आफूसँग सहयोगी श्रीमति र परिवार भएकोमा गर्व महसुस गरेका छन्। वार्नरको दुई छोरी आइवी मे ५ र इन्डी रे ३ वर्षका छन्।

प्रकाशित मिति: : 2019-07-03 13:30:14

प्रतिकृया दिनुहोस्