बोन जोभीका किबोर्ड पार्टनरलाई पनि कोरोनाको संक्रमण

एजेन्सी

न्युयाेर्क

बोन जोभीको ब्यान्डमा किबोर्ड बजाउने डेभिड ब्रायन पनि कोरोना भाइरसको शिकार भएका छन्। उनले सोशल मिडियामार्फत यस कुराको सार्वजनिक गर्दै आफ्नो स्वास्थ्यमा विस्तारै सुधार भइरहेको बताएका छन्। 

ब्रायन बोन जोभीको ब्यान्डका ‘फाउन्डर’ हुन्। उनी टोनी अवार्ड विजेता कम्पोजरसमेत हुन्। उनले आफू गत सातादेखि क्वारेन्टाइनमा बसिरहेको बताएका छन्। ‘कोरोना भाइरसको संक्रमण सकारात्मक देखिएपछि आज मैले फेरि ज्वरो नापे,’ उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘म गत सातादेखि बिरामी थिए। हाल सुधारोन्मुख छ।’ 

उनले कोरोना भाइरसबाट नआत्तिन सबैसँग अपीलसमेत गरेका छन्। उनले यो ज्वरो मात्र भएको प्लेग नभएको बताएका छन्। ‘म एक सातादेखि क्वारेन्टाइनमा थिए र अर्को साता पनि हुनेछु। स्वास्थ्य सुधार भएपछि कोरोनाबाट पूर्णरूपमा बाहिरिए कि नाई भन्ने चेक गर्नेछु। कृपया एकअर्कालाई सहयोग गर्नुहोस्,’ उनले भनेका छन्। 
 

प्रकाशित मिति: : 2020-03-23 06:59:31

प्रतिकृया दिनुहोस्