युद्ध र भोकमरीलाई जितेकाहरु कोभिड-१९ सँग कसरी लड्छन् ?

टर्की र सिरियाको सीमा क्षेत्रमा पर्ने सिरियाली भूमीमा फतिमा उम अलीले १६ जनाको परिवार जसोतसो धानिरहेकी छन् । त्रिपालको छानोमुनी उनी आफ्नो परिवारलाई सुरक्षित राख्न चाहन्छिन् कोरोना भाइरस कोभिड–१९ बाट । तर, त्यहाँ खान पनि पर्याप्त पानी छैन, साबुन निकै महँगो छ, स्यानिटाइजर त उनीहरुका लागि ‘लक्जरियस’ बस्तु हो ।

‘हामीसँग भएका कुराहरुले सकेसम्म सफा र सुरक्षित रहन खोजिरहेका छौँ, तर तपाईहरुले कुरा गरिरहेका समानहरु हाम्रा लागि हैनन्’ उनले भनिन् ।

सिरियाको इडलिव प्रान्त, जहाँ सत्ता र विद्रोही पक्षले ‘परेड’ खेलेको ठाउँ हो । त्यसकै आसपास सयौं शिविर छन्, त्यसमध्ये एउटामा बस्छिन् अली । कमजोर खानपिन र रोगव्याधीका कारण त्यहाँ रहेका धेरै जसो बालबालिकाहरु कमजोर देखिन्छन् । अधिकांशका नाकबाट पानी बगिरहेको छन् ।

९ वर्षसम्म सिरियाली भूमीमा चर्किएको द्वन्द्वमा यो परिवार धेरै पटक ज्यान जोगाउन सफल भयो । सन् २०११ मा युद्ध सुरु हुँदा हामा प्रान्तबाट भागेको परिवार युद्ध लम्बिदै जाँदै एकबाट अर्काे क्षेत्र गर्दै इडलिबको टर्की सिमाक्षेत्रसम्म आइपुग्यो । युद्धको अन्त्यपछि शान्तिको सास फेर्ने क्रम सुरुहुँदै थियो, नोबेल कोरोना भाइरसको त्रासदि अर्को चर्को युद्ध बनेर आयो अली परिवारका लागि । 

विश्व स्वास्थ्य संगठनले चेतावनी दिँदै भनेको छ – ‘माहामारी बनेर विश्भर फैलिरहेको कोभिड–१९ ले सिरियाका युद्धग्रस्त क्षेत्रहरुमा ‘विस्तारै बढिरहेको सुनामी’ झै आक्रमण गर्दैछ, र यसले लाखौंको ज्यान लिन सक्छ ।’

वर्षौंको युद्ध र हवाई आक्रमणका कारण इडलिबका चिकित्सा संरचना क्षतिग्रस्त छन् । ३० लाख जनसंख्या आधारभूत औषधि र स्वास्थ्य सेवाको अभावमा जीवन धानिरहेका छन् । अहिलेको कोरोना संकट टार्ने वा भाइरसविरुद्ध लड्ने सामथ्र्य इडलिब प्रान्तसँग छैन । 

प्रकाशित मिति: : 2020-03-28 11:23:50

प्रतिकृया दिनुहोस्