कोरोनाको संभावित जोखिमबाट बच्न गाउँगाउँमा बाँसकाे बार

पर्साका अधिकांस ग्रामिण भेगमा अहिले बाँसको ढट्ठा( बार) लगाइएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संभावित जोखिमबाट बच्न र  बाहिरी मानिसको आवत जावतमा रोकन बार लगाइएको हो।

जिल्लाको लङ्गडी, बखरी, पाडेपुर, विन्ध्यवासीनीलगायत अधिकांस गाउँमा गाउँवासीले मुख्य बाटो नै  छेकिनेगरि बाँसको बार लगाएका छन्।

देश अहिले पुर्णरुपमा लकडाउन भएपनि जिल्लाका ग्रामिण भेगका यसको प्रभाव कम परेका देखिन्छ। खुल्ला रुपमा भएको घर तथा गहुँ कटाइको समयमा खेताला जानुपर्ने बाध्यता भएकाले ग्रामिण भेगमा मानिसहरुको चहलपहल बढेको छ । यस्तो अवस्थामा अन्य मानिसको सम्पर्कबाट जोगिन पर्साको अधिकांस ग्रामिण भेगमा बाँसको घेरा हाल्ने कार्यले तिब्रता लिएको छ। 

‘देश लकडाउनको भएपछि अन्य गाउँका र मानिसहरु भारततर्फ जान  अहिले ग्रामिण भेगको बाटो प्रयोग गर्ने भएका कारण हामीहरु बाध्यय भएर यस्तो उपाय अपनाएका हौँ,’एक स्थानियले बिएल नेपाली सेवासँग भने।

प्रकाशित मिति: : 2020-04-01 18:34:28

प्रतिकृया दिनुहोस्