लकडाउनमा मन्त्रीको दैनिकी : कोही व्यस्त, कोही सुस्त

रमेश सापकाेटा/शुरोजङ्ग पाण्डे

देश यतिवेला पूरै शक्ति लगाएर कोरोना भाइरस (कोभिड–१९)विरुद्धको लडाइँमा छ । यसका लागि सरकारले एकपछि अर्को निर्णय लिइरहेको छ । केही मन्त्री मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनमा रातदिन खटिइरहेका छन् भने केहीलाई लकडाउनले फुर्सदिलो बनाएको छ । 

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम र नियन्त्रणका लागि देश लकडाउनमा छ । अत्यावश्यक सेवाबाहेकका सबै घरमै छन् । लकडाउनलाई प्रभावकारी बनाउन केही मन्त्री बिहानैदेखि अबेर रातिसम्म दौडधुपमा छन् भने केही फुर्सदिला । यद्यपि, मन्त्रिपरिषद् बैठकमा भने सबै मन्त्री पुग्ने गरेका छन् । 

प्रकाशित मिति: : 2020-04-02 14:06:22

प्रतिकृया दिनुहोस्