वीरगञ्जकाे वडा कार्यालय र स्वास्थ्य चौकीमा चोरीसँगै आगजनी

लकडाउनको बेलामा वीरगञ्ज महानगरपालिकाको वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा अज्ञात समूहले चोरी र आगजनी गरेका छन्।

महानगरपालिका वडा नम्बर २४ को वडा कार्यालय भवन र सँगै रहेको स्वास्थ्य चौकी भवनमा चोरी गर्नुकााथै आगजनी गरिएको प्रहरीले जनाएको छ।

वडा नम्बर २४ का वडाध्यक्ष दशरत राउत कुर्मीका अनुसार वडा कार्यालयमा रहेको दराजमा आगो लगाउनुका साथै कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, पंखा, हिटर लगायतका सामानहरु चोरी गरेर लगेका छन्।

‘वडा कार्यालयको दराजमा आगो लागेपछि जन्मदर्ता फाराम विवाह दर्ता फारामलगायत महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको छ,’उनले भने,‘साथै वडा कार्यालयसँगै रहेको स्वास्थ्य चौकी भवन भित्र पनि आगो लगाइ औषधिहरु जलाइएको छ।’

अहिले वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको तथा प्रहरीले घटनाको बिस्तृत विवरण संकलन गरिरहेको छ । 
 

प्रकाशित मिति: : 2020-04-03 09:21:36

प्रतिकृया दिनुहोस्