सरकारलाई कांग्रेसको पाँच बुँदे अनुरोध, कोरोना राेकथाम गर्न परीक्षणकाे दायरा बढाऔं

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको परीक्षण बढाउन माग गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल भित्रै रहेका नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कांग्रेसलाई सरकारलाई गम्भिर भएर परिक्षण थाल्न आग्रह गरेको हो। 

उनले भनेका छन्, ‘सरकारलाई हाम्रो अपील छ, यसअघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूहको परिक्षण, परीक्षण र परिक्षण, तत्काल, तत्काल र तत्काल गरौं।’

यसैगरि विदेशबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्न र त्यसलाई कडाई गर्न पनि उनले जोड दिएका छन्। अब रत्तिभर हेलचेक्राइ गर्नु भनेको समुदायमा संक्रमण फैलने छुट दिनु भएको भन्दै उनले गम्भीरता देखाउन आग्रह गरेको छ।


 

प्रकाशित मिति: : 2020-04-04 18:13:30

प्रतिकृया दिनुहोस्