लकडाउन उल्लघंन गरेका २ सयभन्दा बढी सवारी साधन नियन्त्रणमा

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौंमा लकडाउन उल्लघंन गरेका दुई सयभन्दा बढी सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

उपत्यकाका विभिन्न स्थानबाट आइतबार बिहान १० बजेसम्म दुई सय ३१ वटा मोटरसाइकल र नौ वटा चारपाङ्ग्रे गाडी नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।

कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका बेला अतिआवश्यक काममा बाहेक सवारी साधनको प्रयोग नगर्न प्रहरी अनुरोध गरेको छ।

प्रकाशित मिति: : 2020-04-05 11:46:34

प्रतिकृया दिनुहोस्