पत्रकारको पास बोकेर मोटरसाइकल चलाउने पक्राउ

लकडाउनका बेला नक्कली पत्रकार बनेर मोटरसाइकल चलाउने एक जना पक्राउ परेका छन्।

तुलसीपुर उप-महानगरपालिका वडा नम्बर ६ हात्तीखौवामा रहेको सडकखण्डमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा तुलसीपुर १७ का २८ वर्षीय मेघराज सुनारलाई बुधबार बिहान पक्राउ गरेको हो।

 बा ८७ प १००६ नम्बरको मोटरसाइकल सवार उनले पत्रकार हुँ भन्दै रिपोर्टस कल्ब,दाङ ‘आइडि नम्बर १५ प्रेस खेमबहादुर डिसी रिपोर्टर’ लेखेको फोटोसहितको परिचय पत्र देखाएका थिए। त्यस सम्बन्धमा बुझ्दा उनले अर्कै व्यक्तिको परिचय पत्र बोकेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: : 2020-04-08 14:46:10

प्रतिकृया दिनुहोस्