सांसद यादवलाई क्‍वारेन्टाइनमा राख्‍न गृह मन्त्रालयको निर्देशन

बिएल संवाददाता

काठमाडाै‌ं

 गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । बिहीबारमन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन आदेश दिएकाे हाे ।

सांसद यादवले बुधवार रक्साैलस्थित हजारी मल उच्च माध्यमिक विद्यालयमा स्थानीय प्रशासनले स्थापना गरेको  क्वारेन्टाइनमा बसेका १५ नेपाली सहित २५ जनालाई भेटेका थिए।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार त्यसरी क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेकाे छ। ‘क्वारेन्टाइनमा बसेका व्यक्तिलाई भेट्न पाइँदैन। नीतिविपरीत सांसद यादवले क्वारेन्टाइनमा बसेका मानिसलाई भेटेको पाइयो,’ उनले भने, ‘क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेट्ने व्यक्ति पनि क्वारेन्टाइनमा बस्नुपर्छ।’

याे पनि

भारतीय क्वारेन्टाइनमा गरिएको व्यवस्थापनबाट नेपाली खुशी: सांसद् यादव

प्रकाशित मिति: : 2020-04-09 14:52:37

प्रतिकृया दिनुहोस्