हातहतियारसहित प्रवेश गरेका भारतीय सुरक्षा फौजले ठुटे खोलाको बाटो भत्काए

 पर्साको ठोरी गाउपालीका २ र ३ मा पर्ने ठुटे खोलाको पुलको पूर्व पट्टीको बाटो हातहतियारसहित प्रवेश गरेका भारतीय सुरक्षा फौजको टोलीले भत्काएका छ्न्।

२ दिन अघिदेखि सञ्चालनमा आएको बाटो सयौंको संख्यामा आएका भारतीयहरुको फौजले भत्काउँदै गरेको देखेपछि ठोरीका स्थानीय जम्मा भएर होहल्ला गरेपछि उनीहरु भागेका छ्न्।

३ वर्ष अघि निर्माण भएको उक्त पुल भारतीयको अनावश्यक अवरोधका कारण रोकिएर २ दिन अघिदेखि मात्र सञ्चालनमा आएको थियो ।

उनीहरुले खनेको कुलो नेपालीहरुले फेरि पुरेका छ्न्।

पर्साको सदरमुकाम वीरगञ्जदेखि पश्चिम तर्फ लगभग ६७ किलोमिटरको दुरीमा रहेको छ, दुर्गम गाउँ ठोरी। भारतको सिमा नाकासँग जोडिएको ठोरी गाउँमा राज्यको नजर नपुगेकाले ओझेलमा परेको छ। जसकारण सो गाउँसँग जेडिएका सिमापारीका भारतीयहरु ठोरी गाउँका नेपाली जनतामाथी आफ्नो मनपरी गर्दै आएका छन्।

प्रकाशित मिति: : 2020-05-28 20:47:14

प्रतिकृया दिनुहोस्