पर्सामा चट्याङ परेर एक मानिसहित २ चौपायको मृत्यु, लाखौको क्षति

पर्सामा चट्यांग लागेर दुई चौपायासहित एक जना मानिसको मृत्यु भएको छ। थप एक जना घाइते हुनुका साथै लाखौको क्षति भएको छ। 

शनिबार बिहान वर्षासँगै परेको चट्याङ लागेर पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नम्बर २ बहुअर्वा निवासी ४२ बर्षिय रामबाबु महतो नुनियाको घटनास्थलमै मृत्यु भएको छ। चट्याङ्ग लाग्दा थप एक जना घाइते भएका छ्न्।

रामबाबु महतोको बिहान आफ्नो घर नजिकै रहेको आँपको बगैँचामा रहेको बेला अचानक चटयाङ्ग पर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

मृतकको शव पोष्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ। त्यसैगरी महतो सँगै चट्याङ्ग लागेर थप एक जना समेत घाईते भएका छन्। उनको नाम खुल्न नसकेको भए पनि स्थानीय स्वास्थ्य चौकीमा उपचार पछि घर आज अपरान्ह घर फर्किएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता विरेन्द्र बहादुर शाहीले जानकारी दिए।

त्यसैगरी पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ बुद्धनगरमा आज बिहान चट्याङ लागेर २ ओटा भैंसी मरेका छन्। स्थानीय गोपाल श्रेष्ठले पालेको २ वटा भैंसी बिहान करीब ८ बजे चट्याङ लागेर मरेको पिडित श्रेष्ठले बताए।

गोठमा बाँधेर राखेको भैंसी चट्याङ्ग लागेर मरेको भए पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ।  

यता चट्याङ लागेर वीरगंजको एक स्थानीय रेडियोमा लाखौको क्षति भएको छ। विहान साढे ८ बजे अचानक चट्याङ्ग पर्दा रेडियोको अनलाईन युपिएस, मिक्सचर, स्टेप्लाईजर, पंखा, अनईयरमा रहेका कम्प्युटर, डिभाईस, माईक, राउटर लगायतका इलेक्ट्रोनिक सामाग्री विद्युत सर्ट हुँदा झण्डै १० लाख भन्दा बढीको क्षति भएको रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले जानकारी दिए।

प्रकाशित मिति: : 2020-05-30 20:09:56

प्रतिकृया दिनुहोस्