नारायणी अस्पतालमा डायलासिस सेवा सुरू, अरू सेवा चाडै सञ्चालनमा आउने

वीरगन्जस्थित नारायणी अस्पताल कोरोना मुक्त भएसँगै आइतबारबाट डायलासिस सेवा शुरु भएको छ। विगत एक साता अगाडि नारायणी अस्पतालमा रहेका सम्पूर्ण कोरोना संक्रमित डिस्चार्ज भएसँगै अस्पताललाई सेनेटाईज गरि पूर्ण रुपमा विसंक्रमित तथा निर्मलीकरण गरिएसँगै आइतबारबाट बहरिंग सेवा अन्तर्गत डायलासिस सेवा शुरु गरिएको हो।

गत बैशाख २ गतेबाट अवरुद्ध भएको डायलासिस सेवा सुचारु गरेसँगै अब अस्पतालले ओपिडी अर्थात बहिरंग सेवा पनि क्रमिक रुपमा सञ्चालन गर्ने जनाएको छ। सामाजिक दुरी कायम गरी पहिला हरेक विभागमा बढीमा २५ जना बिरामी मात्रको उपचार गर्ने बहिरंग सेवा सन्चालन गरिने नारायाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।

अस्पतालले प्रशूति, सर्जन, लगायतका अन्तरंगसेवा (बेडमा बिरामी भर्ना) सुचारु हुन अझै केही समय लाग्ने भएको सो सेवाहरु छिटो भन्दा छिटो सुचारु गर्ने र आकस्मिक सेवा पछि उपचारका लागि अस्पतालमा भर्ना हुनका लागि अझै केही दिन लाग्ने हुँदा विरामीलाई भर्नाका लागि बाहिर पठाउनु पर्ने बाध्यता रहेको जनाइएको छ।

प्रकाशित मिति: : 2020-05-31 18:32:18

प्रतिकृया दिनुहोस्