बाँकेको बाबानगरमा जीप दुर्घटना, घाँस काटिरहेकी महिलासहित तीन जना गम्भीर घाइते

बाँकेको कोहलपुर नगरपालिका ८ बाबानगरमा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा ४ जना महिला गम्भीर घाइते भएका छन्।

नेपालगञ्जबाट कोहलपुरतर्फ आइरहेको आइलक्स जीपको टायर पन्चर भई अनियन्त्रित भएर स्कुटरलाई ठक्कर दिँदा तीन महिलासहित ४ जना घाइते भएका हुन्। 

बा १५ च ६५९४ नम्बरको जीपले सोही दिशाबाट नै आइरहेको भे ९ प ४४९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। 

कार्यालयका डिसएपी कुलदेव चन्दका अनुसार जीपको टायर पन्चर हुँदा अनियन्त्रित भएर गुडिरहेको स्कुटरलाई ठक्कर दिएर सडकभन्दा तल खसेको थियो। उक्त जीपले त्यहाँ घास काटिरहेकी महिलालाई समेत ठक्कर दिएको थियो।

दुर्घटनामा परेर स्कुटर चालक कोहलपुर १० बस्ने ३४ वर्षीय सारा डिसी, सोही ठाउँकी ४५ वर्षिय धनमाया खड्का र घाँस काटिरहेकी कोहलपुर ८ बस्ने ६० वर्षीय माया अधिकारी गम्भीर घाइते भएको उनले जानकारी दिए। घाइतेहरुको उपचार भइरहेको र अवस्था खतरा मुक्त रहेको डिसएपी चन्दले बताए।

सबैको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। सामान्य घाइते भएका जीप चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

फाेटाे साैजन्य : अर्जुन अधिकारी 

प्रकाशित मिति: : 2020-06-05 21:36:45

प्रतिकृया दिनुहोस्