अब कोरोनाभाइरससँगै बाँच्न सिकौं, सुरक्षाका उपायसहित काममा फर्कौं : विष्णु अग्रवाल

लोकान्तर

काठमाडौँ

परिवर्तन देवकोटा

काेरोनाभाइरस (कोभिड–१९)बाट विश्वमा जुन असर परेको छ, त्यो केही समयका लागि मात्र हैन । यसको असर दीर्घकालसम्म रहिरहन्छ ।

अझै भनौं न्यूनतम पनि १८/२४ महिनापछि मात्रै कोरोनाभाइरसको भ्याक्सिन बजारमा आउन सक्छ कि भन्ने अनुमान भएको छ । तर यो आउँछ नै भन्न सकिन्न । 

नेपालमा चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) जारी गरिएको थियो । तर त्यसबेलामा यति धेरै असर पर्छ भन्ने आकलन गरिएको थिएन । यो यहाँमात्र हैन भारत, चीन, अमेरिका, स्पेन, बेलायत लगायतका मुलुकमा पनि अनुमान गरिएको थिएन । 

अब बन्दाबन्दीले अर्थतन्त्र ठप्प राख्ने कुरा कसैले पनि सोच्नु हुँदैन । कोरोनाभाइरसलाई स्वीकार गरेर सुरक्षाका रणनीति अपनाएर काम गर्नुको विकल्प छैन । 

प्रकाशित मिति: : 2020-06-26 18:52:38

प्रतिकृया दिनुहोस्