कोरोना महाव्याधिको असर : लकडाउनपछि ठूला व्यवसाय र कारोबार गर्ने कसले कति गुमाए ?

लोकान्तर

काठमाडौँ

परिवर्तन देवकोटा

काेरोनाभाइरसको महामारी शुरू भएसँगै नेपालमा लकडाउन जारी भएको सोमवार ९८ औं दिन पुगेको छ । यो दिनसम्म आउँदा मुलुकको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ भने कयौं जनशक्तिले रोजीरोटी गुमाउन बाध्य भएका छन् ।  

कुन क्षेत्रमा कति गुम्यो ? 

पर्यटन क्षेत्रमा असर

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम सुवेदी कोरोना महाव्याधिका कारण सरकारले जारी गरेको बन्दाबन्दीका कारण पर्यटन व्यवसायमा १५ अर्ब बराबरको नोक्सान भएको बताउँछन् ।

लोकान्तरसँगको कुराकानीमा उनले टानसँग आबद्ध साढे तीन लाख मजदूर विस्थापित भएको जनाए । 

उनले भने, ‘लकडाउन भनौं या कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा करीब १५ अर्ब बराबरको नोक्सान भएको छ भने साढे तीन लाख मजदुर विस्थापित भएका छन् ।’ 

प्रकाशित मिति: : 2020-06-29 20:04:14

प्रतिकृया दिनुहोस्