बाँकेमा बाघको छाला र हड्डीसहित एक जना पक्राउ

शनिबार बाँकेमा बाघको छाला र हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रदेश ५ को प्रहरी ब्युरो टोलीले राप्तीसोनारी गाउँपालिका १ का नवराज घर्तीलाई पक्राउ गरेको हो । 

उनकाे साथबाट  बाघको छाला एक थान र  हड्डी ११ किलो बरामद गरिएकाे छ।

यसैबीच बाँके प्रहरीले जाँचका क्रममा  २५ वर्षीय भारतीय मुमताजअहमद सिद्धिकीबाट २४ ग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ  ।

प्रकाशित मिति: : 2020-07-04 19:27:35

प्रतिकृया दिनुहोस्