मौद्रिक नीतिमा कृषि क्षेत्रलाई सम्बोधन : गर्नैपर्ने यी १५ काम

लोकान्तर

काठमाडौँ

सविता कनौजे न्यौपाने

अब नेपालमा अर्थतन्त्र अगाडि बढाउन सकिने आधार भनेको नै कृषि हो।

कृषि पेशा नेपालमा कम नाफामुलक, बढी   जोखिम र कम सम्मानित पेसाको रुपमा हेरिने भएकोले जोसिला युवा पुस्ताको आकर्षण कम देखिन्छ । तर विश्वव्यापी महामारीले गर्दा सधैं भन्दा भिन्न तरिकाले अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने समय आएकाले बृहत आर्थिक नीतिमध्ये वित्तीय नीति र मौद्रिक नीतिका औजारहरूमा केही हेरफेर गरी समयको माग अनुसार कृषिलाई सम्बोधन गर्नु आवश्यक छ ।

२०७७\७८ को वित्तीय नीति/बजेट नेपाल सरकारले जेठ १५ गते नै ल्याइसकेको छ र सबै स्थानीय  तहले पनि सोही   अनुसार बजेट विनियोजन गरिसकेका छन्। यसमा  संघीय, प्रादेशिकका साथै धेरैजसो स्थानीय  सरकारले कृषिलाई नै रोजगारी सिर्जना र आत्मनिर्भरको क्षेत्र मानेर केही न केही सहुलियतको कार्यक्रम घोषणा गरेका छन्।

अब बजेटको लक्ष्य अनुसारका कार्यक्रमलाई मध्यनजर गरेर नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन सरोकारवालाहरूसँग सुझाव मागेर स्वयम् बृहत तयारी गरिरहेको छ,जुन प्रशंसनीय छ।

प्रकाशित मिति: : 2020-07-05 13:08:32

प्रतिकृया दिनुहोस्