सरकारी जग्गामा ठेकेदारको रजाइँ, उपमहानगर ७ वर्ष चिल्लै

लखन चाैधरी

कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित १ बिघा जमिनमा बधशाला निर्माणसहित व्यवस्थित तरकारी, फलफूल तथा माछामासु बजार बनाउने भनेर सार्वजनिक निजी साझेदारी (पीपीपी) अन्तर्गत सम्झौता गरेको ९ वर्ष पूरा भयो ।

तर न त सम्झौता अनुसार व्यवस्थित तरकारी, फलफूल तथा माछामासु बजार बन्न सकेको छ, न त राजस्व संकलन नै । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीको मुटुभित्र भौतिक संरचना सहितको सरकारी जमिन केवल ठेकेदार र कर्मचारीको दुहुनो गाई मात्र बन्न पुगेको छ ।

हाल त्यहाँस्थित गोदाम घरमा एउटा कोल्ड स्टोर, तरकारी तथा फलफूलको थोक पसल, होटल, किराना लगायतका पसलहरू सञ्चालन गरिएका छन् । शौचालय समेतको व्यवस्था नगरेको सो क्षेत्रमा वर्षातमा हिलाम्मे हुने गरेको छ भने त्यहाँबाट निस्कने फोहोर व्यवस्थापन नहुँदा दुगन्धित हुँदै आएको व्यवसायी विनोद शाहले बताए ।

प्रकाशित मिति: : 2020-07-08 14:34:00

प्रतिकृया दिनुहोस्