बाढी र पहिरोको क्षतिप्रति दुखित छौं : भारतीय दूतावास

काठमाडौंस्थित भारतीय दूतावासले सिन्धुपाल्चोकलगायत नेपालका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण हुन गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।

भारतीय दूतावासले शुक्रबार ट्वीट गर्दै भनेको छ, ‘सिन्धुपाल्चोकलगायत नेपालका विभिन्न जिल्लामा बाढी र पहिरोको कारण हुन गएको जनधनको क्षतिप्रति दुखित छौं। प्रियजनहरु गुमाएका परिवारप्रति समवेदना एवं प्रभावित सबैप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि शुक्रबारसम्म देशभर पहिरो र बाढीका १ सय ६३ वटा घटना भएका छन्, त्यसमा परेर ५० जनाको ज्यान गएको छ भने २४ जना बेपत्ता छन्। पहिरो र बाढीका कारण ९१ घरमा क्षति पुगेको छ। पहिरोबाट २ सय ६५ परिवार प्रभावित भएका छन्। यसबाट १२ करोड ८३ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ।  

प्रकाशित मिति: : 2020-07-10 22:00:32

प्रतिकृया दिनुहोस्