बाढी तथा पहिरो पीडितलाई विद्यालयमा राखिने

लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका पीडितहरूलाई उद्धार गरी सार्वजनिक भवन तथा विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा सरोकारवालासँग बाढी, पहिरो पीडितहरूको उद्धारबारे छलफल गरेको हो।

 परिषद्का कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार प्राकृतिक विपद्का पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुर्नस्थापना गर्ने विषयमा छलफल भएको हाे।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरू सहभागी थिए।

बिहीबार र शुक्रबार देशभर आएको बाढी तथा पहिरोका कारण देशभरमा कम्तिमा २३ जनाको ज्यान गएको छ भने कम्तिमा ३६ जना बेपत्ता भएका छन्।

प्रकाशित मिति: : 2020-07-11 14:02:33

प्रतिकृया दिनुहोस्