काठमाडौं उपत्यकामा छिट्टै साझा बस सञ्चालन हुने

काठमाडौं उपत्यकामा छिट्टै साझा बस सञ्चालन हुने भएको छ। 

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै सरकारले तोकेको मापदण्ड पालना गर्दै छोटो दुरीमा बस सञ्चालन हुन लागेको जानकारी दिएका हुन्।

साझाले ४ महिनादेखि पार्किङ गरेर राखेका बस मर्मतको काम थालेको छ। उनले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने बताएका छन्।  

सार्वजनिक यातायात व्यवसायीले सरकारले आफ्नो माग पूरा नगरे बस सञ्चालन नगर्ने बताइरहेका बेला साझाले सिमित स्थानमा बस सेवा सञ्चालन गर्न लागेको हो।

सरकारले ५० प्रतिशत यात्रु बोक्न पाउने, ५० प्रतिशत बढी भाडा लिन पाउने र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने सर्तमा बस सेवा सञ्चालन गर्न दिने निर्णय भएको छ।

प्रकाशित मिति: : 2020-07-11 14:20:47

प्रतिकृया दिनुहोस्