बाढीले झापा शिवसताक्षीका ५ घरका १७ सुकुम्बासी विस्थापित

अविरल वर्षापछि माई खोलामा आएको बाढीले झापा शिवसताक्षी नगरपालिका १० सुकुम्बासी बस्तीका ५ घरका १७ जना विस्थापित भएका छन्। माईधारबाट २ किलो मिटर पूर्वको बस्तीमा शनिबार बिहानैबाट कनकाई खोला पसेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले विस्थापितहरुलाई अस्थायी संरचना बनाएर सुरक्षित स्थानमा सारिएको जानकारी दिए।

उनका अनुसार दक्षिणी झापाको कचनकवल, बाह्रदशी, गौरीगन्‍ज र झापा गाउँपालिकाको सबै क्षेत्र र गौरादह, शिवसताक्षी र भद्रपुर पालिकाको दक्षिणी क्षेत्र बाढीको उच्च जोखिममा रहेको छ। यता कनकाई खोलाले झापा गाउँपालिका ७ मदरगाछ टप्पु क्षेत्रमा डुबान र कटान भइरहेको छ।

बाढीले जिल्ला सदरमुकाम चन्द्रगढी, भद्रपुर, विर्तामोड, चारआली, मेचीनगर, धुलावारी, सुरुंगा र दक्षिणी क्षेत्रका अधिकांश पालिका जलमग्‍न छन्।

प्रकाशित मिति: : 2020-07-11 15:13:55

प्रतिकृया दिनुहोस्