‘हरडहुवा’ पर्वको उल्लासले कोरोना त्रास भुलाउँदै, थारु बस्तीमा चहलपहल

लखन चाैधरी

कैलालीको कैलारी गाउँपालिका–६ बेनौली गाउँस्थित विभिन्न टोलमा असार २२ गतेदेखि २५ गतेसम्म हरडहुवाको उल्लास थियो ।

स्थानीयले खेतीपातीमा गरिएको कष्टपछि आपसमा मिठो मसिनो खाएर सामूहिक रुपमा रमाइलो गरे । 

यतिबेला मानव समुदायमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को त्रासलाई भुल्दै हरडहुवा अर्थात् रोपाइ सकेपछि मनाइने पर्व धुमधामले मनाइएको छ ।

हरडहुवाको रौनकता बेनौली गाउँ र कैलारी गाउँपालिकामा मात्रै सीमित छैन । यतिबेला कैलाली र कञ्चनपुर जिल्लाको विभिन्न गाउँमा रौनक छाएको छ । 

प्रकाशित मिति: : 2020-07-11 20:49:59

प्रतिकृया दिनुहोस्