पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेविसंघद्धारा प्रदर्शन

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ। 

आइतबार नेपाल आयल निगम बबरमहल अगाडि करिव एक घण्टा प्रदर्शन गरेका हुन्।

नेविसंघकाे निगममा व्यवस्थापकीय सुधार, कालोबजारी नियन्त्रण, अनावश्यक खर्च कटौती तथा स्वचालित मूल्य प्रणाली पालना गर्नुपर्ने माग गरेको छ।  

यसअघि सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै यही असार २४ गते निगमका महाप्रबन्धक सुरेन्द्र पौडेललाई सातबुँदे ज्ञापनपत्र बुझाएको थियो। 
 

प्रकाशित मिति: : 2020-07-12 15:18:04

प्रतिकृया दिनुहोस्