किन गइरहन्छ नेपालमा पहिरो? भूकम्पको पहिरोसँग के छ नाता?

पहिलोपोष्ट

काठमाडौँ

केहीदिन यतादेखि देशभर बदलीका कारण निरन्तर वर्षा भइरहेको छ। अत्याधिक वर्षासँगै धेरै स्थानमा बाढी पहिरो गइरहेको छ। जसबाट धेरै जनधनको क्षति भएको छ। वर्षायाममा हरेक वर्ष बाढीपहिरोको समस्या देखिने गर्छ। यता सरकार भने पहिरो बाढी नियन्त्रणका लागि प्रयास गरिरहेको दाबी गर्दै आएको छ।

तर, पहिरोविद् सुबोध ढकाल भने नेपालमा पहिरोका लागि पूर्व तयारी नै नगरिएको बताउँछन्। राहत र उद्दारमा मात्रै केन्द्रित विपदको पूर्व तयारीले नेपालमा वर्षेनी थुप्रैले ज्यान गुमाउनु परेको ढकालको तर्क छ। प्राकृतिक कारणले मात्र नभइ नेपालमा मानवीय कारणले समेत पहिरोले ठूलो विपद निम्ताएको र अबका दिनमा पनि त्यसले झन ठूलो रुप लिनसक्ने ढकालको भनाई छ।

नेदरल्याण्डबाट भौगर्भिक इन्जिनियरिङमा स्नातकोत्तर गरेका ढकालले जापानको साइतामा विश्वविद्यालयबाट पहिरो तथा जियोमेकानिक्समा पीएचडी गरेका छन्। हाल त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र विभागमा उनी सह प्रध्यापक हुन्।

चुरे क्षेत्रमा पहिरोको अध्ययन गरेका ढकाललाई पहिलोपोस्टका प्रकाश भण्डारीले यसै विषयमा केन्द्रित रहेर प्रश्न गरेका छन्।

नेपालमा पहिरो गएर वर्षेनी धेरै मान्छेको मृत्यु हुन्छ, मुख्य कारण के-के हुन्?

हामीले विपदका क्षेत्रमा तीनवटा पाटाका बारेमा छलफल गर्छौं। विपद पूर्व, विपदको बेला र विपद पछिको भनेर भन्छौं। यही आधारमा अध्ययन अनुसन्धान भएर बढी जोखिम भएका ठाउँको पहिचान गरेर पूर्व तयारी गर्नुपर्ने हो। त्यस्ता ठाउँमा भएका बस्तीलाई अस्थायी र स्थायी रुपमा स्थानान्तरण गर्नुपर्छ। त्यस्तो नगर्दा वर्षेनै पहिरो गइरहेको छ। त्यसको मुख्यकारण भनेकै पूर्व तयारीको अभाव नै हो।

प्रकाशित मिति: : 2020-07-13 08:40:49

प्रतिकृया दिनुहोस्