महेन्द्रनगरका युवाः जो बार्षिक ४ सय करोड बढीको ‘टर्न ओभर’ हेर्छन

कञ्चनपुर–उच्च शिक्षा अध्ययनपछि धेरै युवाका पहिलो रोजाई बन्छन युरोप, अमेरिकालगायतका देशहरु। अझ प्राविधिक शिक्षा अध्ययन गरेकाहरु त स्वदेशमा बस्नै चाहन्नन्। तर पछिल्लो समयमा त्यो अवस्था बिस्तारै किन नहोस फेरिदो छ। स्वदेशमै व्यापार व्यवसाय गर्ने युवाको संख्या बढेको छ। तिनै मध्येका एक हुन्, महेन्द्रनगरका सुशिल श्रेष्ठ (४०)।

सिभिल इन्जिनिरिङ पढेर बुवाले सुरु गरेको निर्माण व्यवसायमा लागेका श्रेष्ठ यतिबेला धेरै युवाका लागि प्रेरणाका स्रोत बनेका छन्। उनले बुवाले सुरु गरेको व्यवसायलाई निरन्तरता मात्र दिएका छैनन् त्यसलाई अझै माथि उकासिरहेका छन्। स्वदेशमै राम्रो काम गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका सुशिलले निर्माण ब्यवसायमार्फत गरेको तरक्की अरुका लागि पनि सिको बनेको छ।

सुशिलका बुवा प्रेम कुमारले २०३१ देखि महेन्द्रनगरमा निर्माण व्यवसायको काम सुरु गरेका थिए। तनहुबाट बसाइसराई गरेर आएका श्रेष्ठ परिवारले त्यहि व्यवसायबाट महेन्द्रनगरमा आफ्नो पहिचान बनाए। त्यो पहिचान अहिले देशमा मात्र होइन् बिदेशसम्मै फैलदो छ।

प्रकाशित मिति: : 2020-08-12 13:06:17

प्रतिकृया दिनुहोस्