हामीलाई मुर्ख नसम्झनुस्, सत्य के हो बुझ्न थालेका छौं : सुदन किराँती [अन्तर्वार्ता]

नेकपाका विवाद उत्कर्षमा पुगेपछि साउन २१ गतेदेखि अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच संवाद समेत हुन सकेको छैन। पार्टीभित्रको विवाद साम्य गर्न पार्टीका दोस्रो तहका नेताहरुले सक्रियता देखाएको पाइन्छ। तर, ती नेताहरुबाट समेत विवादको कुनै सूत्र फेला पर्न सकेको छैन। दुई अध्यक्षको संवादहिनताकै अवस्थामा गत आइतबार नेकपाका ६३ सांसदले कुनै गुटमा नलाग्ने र पार्टी एकताको पक्षमा उभिने भन्दै हस्ताक्षर सार्वजनिक गरे। तिनैमध्येका एक सुदन किराँतीसँग नेकपाको विवादका विभिन्न पाटा र पक्षका विषयमा नेपाल लाइभकर्मी डिबी खड्काले गरेको कुराकानीको सम्पादित अंश:

नेकपाका शीर्ष नेताहरु ध्वंसात्मक अन्तरविरोधमा छन्। के पार्टीको अवस्था त्यही तहमा पुगिसकेको हो?
पार्टीहरुमा अन्तरविरोध हुन्छन्। अन्तरविरोध जसरी ध्वंसात्मक हुन खोजेको छ। त्यसले नेपालको कम्युनिस्ट आन्दोलनमाथि नै गम्भीर प्रश्न उठाइराखेको छ। त्यो पार्टीमा मात्रै उठाएको छैन। देश र जनताको भविष्यमा पनि उठाएइको छ। अन्तरविरोधहरु रचनात्मक हुनु पर्‍यो। ध्वंसात्मक हुनु भएन भनेर भनिएको छ।

मैले हस्ताक्षर गरें। त्यो कार्यक्रममा सहभागी हुन सकिनँ। त्यो बेला जिल्लामै थिएँ। पार्टी एक ढिक्का बनाउने सर्तमा हस्ताक्षर गरौं भनेर साथीहरुले भनेपछि हस्ताक्षर गरें। एकता गराउने सन्दर्भमा किन हस्ताक्षर नगर्ने भनेर गरेको हुँ।

हस्ताक्षरमा भनिएको छ- पार्टी विभाजन भए पनि कुनै पक्षमा लाग्दैनौं। त्यसमा अध्यक्षद्वय केपी ओली र प्रचण्डसहित माधव नेपाल र झलनाथ खनाल पक्षीय सांसदहरु हुनुहुन्छ। के कुनै पक्षमा नलाग्ने भावमा सहमत हुनुहुन्छ?
नेताहरुलाई देश र जनता आफ्नो विर्ता हो भन्ने लागेको होला। २१औं शताब्दीको समाजमा उभिएका छौं। स्वभाविकै रुपमा हिजोको जस्तै हामी राम्रो/नराम्रो गर्दा औंठा छाप लगाउँदै हिड्यौं। त्यो स्तरमा हामी छैनौं भन्ने सन्देश हो। त्यो कार्यक्रममा आउन सकिनँ। वक्तव्य विभिन्न सञ्चार माध्यमबाट हेरें। साथीहरुको अभिव्यक्ति पनि सुनें। आ–आफ्नै 'फ्लेवर' दिनेगरी बजाएको हो कि भन्ने कताकता अनुभूति भएको छ। हामी जे जस्तो उद्देश्य लिएर काम गर्दै छौं। आखिर आफ्नै रुप रंग लिएर प्रवेश गर्ने हो भने हामीले उठाएको कदम कतै लक्ष्यमा नपुगी पछाडि हट्ने त होइन भन्ने शंका पनि पैदा भएको छ।

प्रकाशित मिति: : 2020-08-12 23:37:19

प्रतिकृया दिनुहोस्