वीर अस्पताललेभन्यो- इमरजेन्सीमा ल्याएलगत्तै परीक्षण गर्दा जैसवाल जिवित थिएनन्

केन्द्रीय कारागारका थुनुवा (कैदी) रामलखन जैसवाललाई अस्पतालको (इमरजेन्सीमा) ल्याए लगत्तै परीक्षण गर्दा उनी मृत भेटिएको वीर अस्पतालले जनाएको छ।

मंगलबार राति अस्पतालका निर्देशक डा.केदारप्रसाद सेन्चुरीले एक विज्ञप्ति जारी गर्दै चिकित्सकले परीक्षण गर्दा जैसवाल जिवित रहेको कुनै पनि चिन्ह नदेखिएकोले मृत घोषित गरिएको जानकारी दिएका हुन् ।

मृतकको असोज ५ गते कोरोना पोजेटिभ रिपोर्ट आएको जनाइएको छ। विगत ३ दिनदेखि मृतकको शव, शवगृहमा रहेकोले सड्ने गल्ने प्रक्रिया शुरु भैसकेको र शवमा फोकाहरु रहेको, सुन्निएको र मुख र नाकबाट तरल पदार्थ निस्किनु शवलाई उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा हुने सामान्य प्रक्रिया भएको विज्ञप्तिमा प्रस्ट पारिएको छ ।

विज्ञप्तिमा यो मेडिकल अवस्थालाई नबुझि केही सञ्चारमाध्यामहरुमा आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रामक समाचारहरु सम्प्रेषण भएकोमा उक्त समाचारमा यथार्थता नभएको जानकारी दिइएको छ ।  

प्रकाशित मिति: : 2020-09-22 23:23:57

प्रतिकृया दिनुहोस्