आर्थिक प्रलोभनमा नपर्ने १७ ट्राफिक प्रहरी सम्मानित

आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरीलाई मंगलबार सम्मान गरिएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरक्षिक भीमप्रसाद ढकालले  उनीहरुलाई दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरेका हुन् । 

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गरी ती प्रहरीले प्रलोभनमा पार्न खोज्ने चालक र सहचालकलाई कारवाहीको दायरामा ल्याएका थिए । 

सङ्गठनको छविलाई उच्च पारी दिइएको जिम्मेवारी इमान्दारितासाथ निर्वाह गरेकाले प्रोत्साहन गरिएको उनले बताए। 

यसअघि पनि प्रलोभनमा नपर्ने ५० ट्राफिक प्रहरीलाई महाशाखाले पुरस्कृत गरेको थियो ।

सङ्गठनको नीति विपरित कार्य गर्ने ७७ जना ट्राफिक प्रहरीलाई विभागीय कारवाही समेत गरिएको महाशाखाले जनाएको छ । अन्य ४ प्रहरीलाई नोकरीबाटै हटाइएको छ । 

प्रकाशित मिति: : 2020-09-23 05:50:11

प्रतिकृया दिनुहोस्