कश्मीरमा भूकम्पको झड्का

कश्मीरमा मंगलबार राति भूकम्प गएको छ।

नेशनल सेन्टर फोर साइज्मालजीको अनुसार साँझ ९ः४० बजे ३.६ म्याग्नाचूडको भूकम्प गएको हो। उक्त भूकम्पकाे केन्द्रविन्दु श्रीनगरबाट ११ किलोमिटर उत्तरपश्चिममा रहेको जनाइएको छ। 

श्रीनगरका स्थानीयहरूले सामाजिक सञ्जालमा सेयर गरेको केही तस्वीरहरूमा उनीहरु सडकमा उभिरहेको देखिएको थियो। उनीहरू के भयो भनेर अलमल्लमा परेका थिए।

‘यहाँ अचानक ठूलो आवाज आएको थियो, जसको कारण विस्फोट हुने सम्भावना रहेको थियो,’ एक स्थानियले भने।

जम्मू–कश्मीरका ‘द हिन्दू’ अखबारको चीफ ब्यूरो प्रमुख अहमद अली फैयाजले ट्वीट गर्दै उनले भुमिगत बम विस्फोट भएको हो की भूकम्प नै गएको हो भनेर प्रश्न समेत गरेका छन्।

‘के वैज्ञानिक आधारमा यो बताउन पर्याप्त छ कि श्रीनगरको २० किलोमिटरको दायरामा महसूस भएको भूकम्प दुई सेकेन्डको झटका दिएको हो?,’ उनले लेखेका छन्,‘अगस्टमा श्रीनगर एयरपोर्ट नजिकै भारतीय वायुसेनाले राखेको २०० किलोग्राम भूमिगत बम बम विस्फोट भएको पो हो कि?

प्रकाशित मिति: : 2020-09-23 06:09:28

प्रतिकृया दिनुहोस्