महाराजगञ्ज क्षेत्रमा बिहान ६ घण्टा विद्युत काटियाे

काठमाडौंको महाराजगञ्ज वितरण केन्द्रबाट प्रदान गर्दै आएको विद्युत सेवा प्राविधिक कारणले बुधबार बिहान ६ घण्टा प्रभावित भएको छ।

राति १ बजेदेखि बिहान ७ बजेसम्म विद्युत सेवा प्रभावित भएको हो।  

विद्युतको तारलाई जमिन मुनी बिच्छ्याउने क्रममा प्राविधिक समस्या हुँदा महाराजगञ्जदेखि टोखा प्रहरीबिट सम्मका क्षेत्रमा विद्युत प्रभावित भएको  प्राविधिक विष्णु श्रेष्ठले बताए।

यद्यपी  प्रभावित भएको विद्युत सेवा अहिले भने सुचारु भइसकेको छ।

‘राति ३ बजे नै आंशिक रुपमा विद्युत सेवा सुचारु भएको थियो,’ उनले भने, ‘बिहान ७ बजेबाट पूर्ण क्षमतामा विद्युत सेवा सुचारु भएको छ।’

यता हाल देशको कुनै पनि ठाउँमा लोडसेडिङ नरहेको जनाउँदै विनाकारण बत्ती गए त्यसको जिम्मेवारी ऊर्जा मन्त्रालयले लिने मन्त्री वर्षमान पुनको सचिलायले बताएकाे छ।

प्रेस विज्ञ दायानिधि भट्टले भने, ‘अहिले देशका कुनै पनि ठाउँमा बत्ती कटौती भएको छैन। यदि कतै पूर्वजानकारी विना विद्युत् सेवा नियमित नभएको अवस्थामा ऊर्जाको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेका छौं।’

सडक विस्तारका लागि पोल सर्दा, ट्रान्समिटर तथा तार जल्दा, मर्मत गर्नु पर्दाको अवस्थामा केही समय विद्युत् आपूर्ति भए बन्द हुनु स्वभाविक भए पनि विना कारण बिजुली जानु आपत्ति जनक भएको ऊर्जा मन्त्रालयको उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-09-23 08:50:17

प्रतिकृया दिनुहोस्