वीरमा कोरोना संक्रमितको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भन्यो, 'अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको थियो' (भिडियो)

असोज ३ गते वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ६३ वर्षीय रामलखन जयसवालको मृत्युबारे स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ।

कैदमा रहेका उनको उपचारका क्रममा अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

मृत्युपछि शवको स्वाब संकलन गर्दा उनमा असोज ५ गते कोभिड-१९ पुष्टि भएको थियो। सामाजिक सञ्जालमा फैलिएजस्तो उनको मुटु कलेजो र आँखा निकालिएको घटना नभएको प्रवक्ता गौतमले प्रष्ट पारे।

यसअघि वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले मृत्युमा शंका गर्नुपर्ने कारण नभएको बताएका थिए। सेञ्चुरीले मृत्युपछि आवश्यक तापक्रम भएको कोठामा नराख्दा शरीर सडेको बताएका थिए।

हेर्नहुोस् भिडियो

प्रकाशित मिति: : 2020-09-23 16:44:05

प्रतिकृया दिनुहोस्