गुजरातका पूर्वमुख्यमन्त्री केशुभाई पटेलको निधन

केही समयअघि कोरोना संक्रमणमुक्त भएका गुजरात राज्यका पूर्वमुख्यमन्त्री केशुभाई पटेलको निधन भएको छ। 

९२ वर्षको उमेरमा पटेलको बिहीबार निधन भएको हाे।

आज विहान उनलाई सास फेर्न गाह्रो भएपछि अहमदावादको एक अस्पताल लगिएको थियो। उनको अस्पतालमै निधन भएको हो।

सन् १९९५ मा र सन् १९९८ देखि २००१ सम्म पटेल गुजरातको मुख्यमन्त्री बनेका थिए।

६ पटक गुजरात विधानसभा सदस्य बनेका उनले सन् २०१२ मा भारतीय जनता पार्टी (भाजपा) छोडेर गुजरात परिवर्तन पार्टी बनाएका थिए।

प्रकाशित मिति: : 2020-10-29 16:19:00

प्रतिकृया दिनुहोस्