त्रिशूलीमा खसेको पिकअप भ्यान भेटियो, बेपत्ता ३ जनामध्ये महिलाकाे शव निकालियो

बिएल संवाददाता

काठमाडाै‌ं

प्युठानबाट बिरामी बोकेर काठमाडौं आउदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ।

प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएकी ३३ वर्षीया जमुना रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसीको शव फेला परेको घटनास्थलमा रहेका चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङले जानकारी दिए।

यस्तै बेपत्त भएकी १५ वर्षीया जिनिसा रोक्काको खोजी जारी छ। जिनिसा बिरामी थिइन्। 

पत्थरीको अप्रेसन गरेकी ११ वर्षीया बालिकामा इन्फेक्सन भएपछि रोका दम्पत्ती बुधबार राति थप उपचारका लागि उनीहरु काठमाडौं आउँदै थिए। 

उक्त गाडी चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे पाँच बजे त्रिशुलीमा नदीमा खसेको थियो।

पिकअप भ्यानमा रहेका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का भने पौडिएर बाहिर निस्किएका थिए। उनी घाइते छन्। 

रोकालाई प्रहरीले उद्धार गरी उपचारका लागि पठाएको छ।

उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ।

मुकुन्द राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन्। उनी खतरामुक्त छन्।

प्रकाशित मिति: : 2020-11-26 11:29:00

प्रतिकृया दिनुहोस्