शुक्रबार, ०८ अगस्ट २०२५

फोटो नेपालमा धार्चेको अनलाइन प्रदर्शनी

News Image
• • •

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गरिरहेको ह्यास फोटो नेपाल प्रदर्शनीअन्तर्गत गोरखाको धार्चेको प्रकृति, संस्कृतिलगायत आकर्षण समावेश गरिएको फोटो प्रदर्शनी गरेको छ। 

मङ्सिर १६ गतेदेखि शुरु भएको अनलाइन प्रदर्शनी बोर्डको फोटो अभियानको आधिकारिक पोर्टल www.photonepal.travel मा अनलाइन गरिएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ। धार्चे गाउँपालिका, स्टोरी साइकल र ब्रिटिश काउन्सिल नेपालको सहकार्यमा प्रदर्शनी र धार्चेको अनलाइन पहुँच बढाउनसमेत यी संस्थाको पहलम विविध कार्यक्रम गरिरहेको छ। 
       
फोटो नेपाल पोर्टलमार्फत आह्वान गरी प्राप्त सयभन्दा बढी फोटोमध्ये छानिएका ४० लाई प्रदर्शनीमा राखिएको छ। फोटो प्रदर्शनी मङ्सिर २५ गतेसम्म हुने र त्यसपछि धार्चेको भर्चुअल टुर कार्यक्रम आयोजना गरिने बोर्डले जनाएको छ। 

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले चार वर्षदेखि आयोजित फोटो नेपालले धार्चे गाउँपालिका, स्टोरी साइकल र ब्रिटिश काउन्सिलको साथ पाएर अझ बढी व्यापक भएको बताउँदै सबैमा फोटो अवलोकन गर्न र आफ्नो सञ्जालमा जानकारी राखी धार्चेको पहुँच बढाइदिनु हुन अनुरोध गरेका छन्। रासस 

बुधबार, मंसिर १७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)