मृगौला पीडित परिवारः न रह्यो सम्पत्ति, न रहे परिवार

विकाश पराजुली

 रुपन्देही सैनामैना स्थित मुर्गिया चोकबाट उत्तर लागेपछि आउँछ दरखासी टोल । सैनामैना चक्रपथले छोएको दरखासी टोलमा रहेको एउटा टिनको घरमा छन् नन्दकली उपाध्याय । 

उमेरले ९४ बर्ष पुगेकी नन्दकलीको अनुहार चाउरिएको छ । शरीरमा बुढ्यौलीपन देखिएपनि मनमा भने अझै बुढ्यौलो पन आएको छैन् । चोटिला कुरा गर्ने । मन लागेको खाना खाने नन्दकली साँच्चै देख्दा सरल र स्वभाविक खालकी छन् । घरमा पुग्ने जो कसैसँग पनि दोहोरो संवाद समेत उनी मज्जैले गर्ने सक्छिन् । 

देख्दा जति सहज देखिन्छिन नन्दकली तर उनको पीडा र भोगाई सुनेर जो कसैका पनि आँखा रसाउँछन । किनकी नन्दकलीले मृगौला रोगकै कारण श्रीमान मात्र होइन ३ छोरा र १ छोरी गुमाएकी छिन् । अर्का एक छोरा पनि ३ वर्ष देखि नियमित मृगौलाको डायलासिस गर्दै आएका छन् ।

श्रीमान, ३ छोरा र १ छोरीको मृगौला रोगबाट मृत्यु भएपछि नन्दकली अहिले कान्छा छोरा नारायण उपाध्यायसँग बस्दै आएकी छिन् । त्यहि कान्छो छोरा  नारायण पनि मिर्गौला रोगी हुन् । नारायणले पनि अहिले हप्तामा बिहीबार र सोमबार दुई दिन गौतमबुद्ध सामूदायिक मुटु अस्पतालमा नियमित डाइलासिस गर्दै आएका छन् । 

प्रकाशित मिति: : 2020-12-03 12:29:00

प्रतिकृया दिनुहोस्