नेपालको ऐतिहासिक स्थल लिगलिगकोटमा आजदेखि लिगलिगे साईकल दौड हुँदैछ।
१३औं सागका स्वर्ण बिजेता खेलाडी देखि प्रदेश र स्थानिय स्तरका खेलाडीसम्म गरि एक सय राईडरले दौडमा प्रतिस्पर्धा गर्ने छन्।
लिगलिगे साईकल दौडको दूरी ५२.९ किलोमिटर रहेको छ।
लिगलिग भिलेज स्पोट्र्सको आयोजना पालुङटार नगरपालिका र पर्यटन बोर्टको प्रायोजनमा संचालन हुने साईकल दौड प्रतियोगितामा ६ वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ।
महिला तथा पुरुष खुला दौडको बिजेताले २५ हजार उपविजेताले २० हजार र तृतियले १५ हजार नगद प्राप्त गर्नेछन्।
यो दुवै समूहका १० औ स्थान सम्म हाँसिल गर्ने खेलाडी पनि नगद पुरस्कारले सम्मानित हुनेछन्। ६ इभेन्टकै एउटै रुट र एउटै दूरी रहेको छ।
त्यसै गरि गण्डकी प्रदेश स्तरिय महिला तथा पुरुष साईकल दौडका विजेताले ५ हजार उपविजेताले ३ हजार र तृतिय हुनेले २ हजार ५ सय प्राप्त गर्ने छन्।
पालुङटार नगरपालिका स्तरिया महिला तथा पुरुष साईकल दौड प्रतियोगिताको विजेताले २ हजार ५ सय,उपविजेताले २ हजार र तृतिय हुनेले एक हजार प्राप्त गर्ने छन्।
लिगलिगे साईकल दौडको ५२.९ किलोमिटरको दुरी लिगलिगकोट, हर्मि भन्ज्याङ, आँपपिपल, राईनास, पालुटार, लुईटेल भन्ज्याङ,बड डाँडा,सभा चौतारा हुदै लिगलिगकोर्ट पुगि दौड सम्पन्न हुनेछ।
सिरानचोक गाउपालिका र राईनस नगरपालिकाको सह प्रयोजनमा संचालन साईकल दौडको राईडरले उच्चतम हाईट १३ सय ३० मिटर सम्म साईकल ड्राईव गर्नु पर्ने रुट रहेको छ भने निम्नतम हाईट ४ सय २० मिटर रहेको छ।