लियोन लिग वानको शीर्ष स्थानमा

बिएल संवाददाता

काठमाडाै‌ं
Photo: Getty Images
Photo: Getty Images

लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। 

लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ३–२ ले पराजित गर्दै लियोन शिर्ष स्थानमा उक्लिएको हो।

अवे मैदानमा भएको खेलमा लियोनका लागि तोलेन्टिनो कोएल्हो डी लिमा खेलको ९ अौं मिनेटमा अग्रता दिलाएका थिए।

यता एऔरले २९ औं मिनेटमा लियोनको अग्रता दोब्बर बनाए।

 मेम्फिस डिपेय खेलको ४४ औं मिनेटमा पेनाल्टीको साहयताले खेल ३-० मा पुर्याए। 

तर खेलको ५३ औं मिनेटमा चार्डोनेटले गोल गर्दै खेल ३-१ मा ल्याए।

७४ औं मिनेटमा कार्डोनाले गोल गरेपनि लियोनले खेल ३-२ ले जित्यो।

 जितपछि शीर्ष स्थानमा पुगेको लियोनको २६ खेलबाट ५५ अंक भएको छ । २५ खेलबाट ५५ अंक रहेको लिले भने दोस्रो स्थानमा झरेको छ ।

प्रकाशित मिति: : 2021-02-20 07:12:00

प्रतिकृया दिनुहोस्